शिल्पाको मायामा आर्यनलाई मात लागेपछि(भिडियो)


Lazza-song
ग्ल्यामर नेपाल, काठमाडौं । चर्चित निर्माता छविराज ओझाको होम प्रोडक्सन छविराज प्रोडक्सनको व्यानरमा निर्मित फिल्म ‘लज्जा’को दोस्रो गीत सार्वजनिक भएको छ । सोमबार सार्वजनिक ‘मात लाग्यो’ बोलको गीतमा रामचन्द्र काफ्ले र माण्डवी त्रिपाठीले स्वर दिएका छन् ।

किरण खरेलको गीत र चेतन सापकोटाको संगीत रहेको गीतमा आर्यन सिग्देल र शिल्पा पोखरेलको नृत्य गरेका छन् । नवल नेपालले निर्देशन गरेको फिल्ममा कविराज गहतराजको कोरियोग्राफी र मदनकाश्यप घिमिरेको छायांकन रहेको छ ।

SUBSCRIBE 👉