बलिउड अभिनेत्री क्याट्रिना कैफ पुनः एकपटक विश्वकै सबैभन्दा सेक्सी महिला बनेकी छन् । हालै एक पत्रिकाले युवामाझ गरेको सर्वेमा युवाले क्याट्रिनालाई ‘सेक्सिएस्ट वूमेन अलाइव’का रुपमा छनौंट गरेका हुन् । क्याट्रिनाले हलिउड अभिनेत्री एञ्जोलिना जोली र वियोन्सलाई पनि पछि पारेकी छन् । यस सर्वेक्षणमा क्याट्रिनालाई ३ सय ७५ मत पाएकी थिईन् ।
क्याट्रिना पहिलोपटक विश्वकै सेक्सी महिला भने भएकी होईनन् । उनी ६ पटकसम्म यो उपाधि आफ्नो पक्षमा पार्दै आएकी छन् । यति धेरैपटक सेक्सी महिला बन्ने मौका पाउने उनी मात्र एक बलिउड अभिनेत्री हुन् । केही समय अघि क्याट्रिनालाई एक पत्रिकाले भारतकै सबैभन्दा राम्री महिलाको उपमा दिएको थियो ।
ट्रष्ट रिसर्च एडवाइजरीको एक सर्वेले पनि क्याट्रिनालाई भारतको सबैभन्दा आकर्षक पर्सनालिटी भएको व्यक्तिको रुपमा चुनेको थियो । देशका १५ वटा ठूला शहरमा गरिएको सर्वेमा क्याट्रिना उत्कृष्ठ १० मा परेकी थिईन् । यो सर्वेमा क्याट्रिनाका अलावा शाहरुख खान, अमिताभ बच्चन, महेन्द्रसिंह धोनी र आमिर खान पनि प्रतिष्पर्धी रहेका थिए । गत वर्ष क्याट्रिना विश्वकै उत्कृष्ठ ५० सेक्सी एशियाली महिलाको सूचीमा अटाएकी थिईन् । क्याट्रिना चाँडै नै बलिउड अभिनेता ऋतिक रोशनका साथ फिल्म ‘बैंग बैंग’मार्फत दर्शकमाझ आउँदैछिन् ।
