बेहुली बन्दा यस्तो देखिईन जोली


Angelina-Jolieगत अगष्ट २३ का दिन लामो समयदेखिका प्रेमी हलिउड नायक ब्राड पिटसँग विवाह गरेकी चर्चित नायिका एञ्जेलिना जोलीको विवाहको तस्वीर सार्वजनिक भएको छ । पिपुल र हेल्लो नामक पत्रिकाले फ्रान्सेली शैलीमा गरिएको विवाहमा नायिकाले लगाएको आकर्षक पहिरनसहित नायिकाको दुलही तस्वीर सार्वजनिक गरेको छ ।

फ्रान्सको चटायु राज्यको मिराभल भन्ने स्थानमा ५० वर्षे पिटसँग ३९ वर्षीया जोलीले वैवाहिक सम्बन्ध गाँसेकी थिईन् । जुन निजी समारोहमा उनीहरुका ६ सन्तान र २० जना आमन्त्रित पाहुनाहरु मात्र थिए । जोलीले एटिलियर भर्सेकका मास्टर टेलर लुइगी मासीले बनाएको दुलही पहिरन लगाएकी थिईन् । ‘लुइगी मेरा लागि परिवारका सदस्य सरह हुन्, त्यसैले उनले यति राम्रो लुगा बनाउँछिन् भन्ने मैले कल्पना पनि गरेको थिईन् ।’ जोलीले भनेकी छन् ।

निकै आकर्षक झकिझकाउ पहिरनमा देखिएकी जोली र कालो सुटमा देखिएका ब्राडको विवाहलाई सफल बनाउन उनीहरुका सन्तानले पनि सघाएका थिए । ‘आफ्नो परिवार र सन्तानको साथमा यति सुन्दर अवसर पाउनु हाम्रा लागि विशेष दिन हो ।’ जोलीले भनिन् ।

SUBSCRIBE 👉