सोफिया महंगी टेलिभिजन अभिनेत्री


Sofiaकोलम्बियाली अभिनेत्री सोफिया वेरगारा लगातार तेस्रोपटक टेलिभिजनकी सबैभन्दा महंगी अभिनेत्री घोषित भएकी छन् । फोबर्स म्यागाजिनले सोफियाको कमाई २ दशमलब २३ अर्ब रुपैंयाँ भएको जनाएको छ ।

सोफिया आफ्नो शो ‘मोर्डन फैमिली’को लागि प्रति एपिसोड करिब दुई करोड लिने गर्दछिन् । फोर्बस्का अनुसार ४२ वर्षीया वेरगारा टेलिभिजन शोका अलावा बेवरेज, कस्मेटिक र कपडाको ब्राण्ड उत्पादन गर्ने विभिन्न कम्पनीको विज्ञापनमा अभिनय गरेर पनि मोटो रकम लिने गरेकी छन् ।

बढी कमाई गर्ने सेलिब्रेटीको सूचीको दोस्रो स्थानमा मारिस्टा हरगिटे छिन्, जसको कमाई १ दशमलब ३ करोड डलर रहेको छ । तेस्रो स्थानमा भने १ दशमलब १ करोड डलरको कमाई गर्दै कैली कुको स्विटिङ रहेकी छन् ।

SUBSCRIBE 👉