कलाकर्मीलाई चेतनारायण बसुन्धरा भुषाल सम्मान


Puraskarग्ल्यामर नेपाल, काठमाडौं । चेतनारायण–बसुन्धरा भुषाल सम्मान पुरस्कार गुठीले शुक्रबार राजधानीमा विभिन्न कलाकारलाई सम्मान पुरस्कार प्रदान गरेको छ । गुठीले ‘चेतनारायण बसुन्धरा भुसाल सम्मान पुरस्कार २०६९’बाट वरिष्ठ शास्त्रीय संगीतज्ञ गोपालनाथ योगी, ‘चेतनारायण बसुन्धरा भुसाल सम्मान २०७०’बाट वरिष्ठ कलाकार सेनानी भीमबहादुर थापालाई सम्मान पुरस्कार प्रदान गरेको हो ।

त्यस्तै ‘न्यूर्योक कलामञ्च अचिभमेन्ट अवार्ड २०६९’बाट वरिष्ठ नृत्य निर्देशक बसन्तजंग रायमाझी र ‘न्यूर्योक कलामञ्च अचिभमेन्ट अवार्ड २०७०’बाट वरिष्ठ लोकगायिका तथा संकलन चन्द्रकला शाहलाई सम्मान गरिएको छ ।

सम्मानितहरुलाई वरिष्ठ फिल्म निर्देशक चेतन कार्कीलगायतले ताम्रपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सम्मानितहरुले जनही २५ हजार ५ सय १ रुपैंयाँ पनि पाएका छन् । गुठीकी अध्यक्ष बसुन्धरा भुषालले नेपाली कला र संस्कृतिलाई सदैव माया गर्ने कलाकार नै सम्मान र पुरस्कारको हकदार रहेको बताईन् ।

SUBSCRIBE 👉