शोभितको शैली पछ्याउँदै ऋषि


Badshah-Movieग्ल्यामर नेपाल, काठमाडौं । नेपाली फिल्म क्षेत्रमा सबैभन्दा धेरै फिल्म निर्देशन गर्ने निर्देशकका रुपमा सम्भवत निर्देशक शोभित बस्नेत नै चिनिन्छन् । २८ वटा फिल्मको निर्देशन गरेका शोभितलाई फिल्मकर्मीले ‘फिल्म मेसिन’ नै भन्थे । तर अहिले उनै शोभित गुमनाम छन् । आफुले निर्देशन गरेका फिल्मको प्रदर्शन समेत गर्न सकेका छैनन् । शोभित गुमनाम भइरहेका बेला अर्का युवा निर्देशक ऋषि न्यौपाने शोभितकै शैली पछ्याउँदै फिल्म निर्देशनमा सक्रिय छन् ।

संख्याले शोभितको भन्दा दश कम अर्थात १८ औं फिल्मको निर्देशनको तयारीमा ऋषि यतिबेला जुटेका छन् । ऋषिको १८ औं फिल्मका रुपमा रहेको ‘बादशाह’को मंगलबार राजधानीमा घोषणा गरिएको छ । फिल्ममा अभिनेता सुशिल क्षेत्री प्रमुख भूमिकामा हुनेछन् । कार्यक्रममा सुशिलले फिल्ममा आफु एक्सन भूमिकामा रहेको खुलाए ।

कार्यक्रमका प्रमुख अतिथि निर्माता तथा वितरक सुनिल मानन्धरले शोभित बस्नेत र नारायण पुरी धेरै फिल्म बनाएर फ्लोप भए जस्तै ऋषि पनि त्यस्तै हुन सक्ने भन्दै राम्रा फिल्म बनाउन सुझाब दिए। बुधबारबाट छायांकन शुरु हुने फिल्ममा सुशिलबाहेक किशोर खनाल, दिनेश केसी, भुपेन्द्र डाँगी, महिमा सिलवाल र सुरवीर पण्डितको अभिनय रहनेछ । चेतनाथ दंगाल प्रस्तुतकर्ता रहने फिल्ममा रामहरि ढकाल निर्माता, प्रदिप खड्काको द्वन्द्व, दिनेश लिम्बुको नृत्य, विशाल ढकालको संगीत र रवि कोइरालाको छायांकन रहनेछ ।

SUBSCRIBE 👉