फिल्म पाइरेसी गर्ने ४ पक्राउ


Piracy-Photoग्ल्यामर नेपाल, काठमाडौं । फिल्म पाइरेसीमा संलग्न चार जनालाई प्रहरीले राजधानीको नयाँ बसपार्क क्षेत्रबाट बुधबार पक्राउ गरेको छ । उनीहरुको साथबाट पाइरेसीमा प्रयोग गरिने कम्प्युटर, डीभीडी, मोबाइल लगायतका उपकरण पनि प्रहरीले जफत गरेको छ ।

डाउनलोड नेपाल संस्थाको सक्रियतामा प्रहरीले नयाँ बसपार्कको त्रिवेणी म्युजिक सेन्टरलगायतका पसलमा छापा मारेको थियो । उक्त पसल संचालक टंकप्रसाद न्यौपाने पत्नीसहितलाई पक्राउ गरि महाराजगञ्ज वृत्तमा राखिएको जानकारी फिल्म निर्माता सुनिल रावलले दिए । रावलले निर्माण गरेको तर डीभीडीमा सार्वजनिक नभईसकेको फिल्म ‘होस्टेल’लाई पनि पाइरेसी गरिएको छ । करिब चारसय फिल्म अनाधिकृत रुपमा डाउनलोड गरि बिक्री वितरण गरेको आफुहरुले पाएको साइराम पिक्चर्सका शमशेर श्रेष्ठले बताए ।

‘होस्टेल, ६ एकान ६, नाइँ नभन्नु ल २ सहितका डीभीडीमा रिलिज नभईसकेका फिल्म पनि पाइरेसी गरिएको पाइयो ।’ रावलले भने । पक्राउ परेकालाई कानुन अनुसार कार्वाही गर्ने तयारी भैरहेको छ ।

SUBSCRIBE 👉