आचार्यको निर्देशनमा ‘सपना तिम्रो मेरो’ निर्माण हुने


sabin-shrestha
आर.बि म्युजिकको ब्यानरमा नयाँ चलचित्र ‘सपना तिम्रो मेरो’ निर्माण हुने भएको छ। चलचित्रको बिहिबार भद्रकाली मन्दिरमा संबिधानविद भीमार्जुन आचार्यले शुभ साइत गरेका छन्। निर्देशक ऋषीराज आचार्यको निर्देशनमा निर्माण हुने सो चलचित्रमा सविन श्रेष्ठ, सुशान्त कार्की, रश्मि भट्ट, सुमन श्रेष्ठ, रविन मगरका साथमा नव कलाकार जान्वी बोहराको अभिनय रहनेछ। चलचित्रको छायांकन करिब २५ दिनमा सक्ने योजना बनाइएको छ। निर्देशक आचार्यका अनुसार चलचित्रमा त्रिकोणात्मक प्रेम कथामा आधारित छ। चलचित्रले माया गर्न सिकाउने छ। काठमाण्डौ, जिरी, पोखरा, चरिकोट लगायतका स्थानमा छायांकन हुने सिनेमामा अर्जुन पोख्रेलको संगीत, सम्राट बस्नेतको एक्सन, गम्भिर बिष्टको संगीत रहनेछ।

SUBSCRIBE 👉