अनमोल के.सी. अभिनित चलचित्र ‘जेरी’ ट्रेलर


anmol-kc-6ग्ल्यामर नेपाल, काठमाडौं । ‘होस्टल’ रिलिज भएको झण्डै डेढ वर्ष पछि अनमोल केसीलाई दोस्रो फिल्ममा देख्न पाइने भएको छ। फिल्म हो, ‘जेरी’ । ‘होस्टेल’कै निर्देशक हेमराज बिसी निर्देशित यस फिल्मको पहिलो टिजर सार्वजनिक भएको छ। गोप्य रुपमा छायाँकन गरी पोस्ट प्रोडक्सनको काम समेत अन्तिम चरणमा पुगेको यो फिल्म कार्तिक २८ गते रिलिज हुने निर्माण पक्षले जानकारी दिएको छ।

नयाँपुस्ताको प्रेमकथा भन्ने ‘जेरी’मा अनमोलसहित अन्ना शर्मा, अमल्या शर्मा, अभिषेक मान शेरचनलगाएतका कलाकारको मुख्य भूमिका रहेको छ। मनोज शेरचनले निर्माण गरेको फिल्मको कथा सम्राट प्रसाद गौचन र निर्देशक बिसीले संयुक्तरुपमा लेखेका हुन्। फिल्ममा नरेन लिम्बुको संगीत, शैलेन्द्र डि कार्कीको छायाँकन तथा सुरेन्द्र पौडेलको सम्पादन छ।

‘होस्टेल’मा जस्तै हेमराज र अनमोलको केमेस्ट्रि दर्शकले ‘जेरी’मा पनि रुचाउँछन् त ? प्रतिक्षाको विषय बनेको छ।
ट्रेलर हेर्नुहोस् !
jerry-trailer

SUBSCRIBE 👉