‘मोक्ष’को च्यारिटी शो, प्रसंशाको ओइरो


mokshya-nepali-movie-poster ग्ल्यामर नेपाल, काठमाडौं । प्रविण श्रेष्ठ निर्देशित फिल्म ‘मोक्ष’को आज च्यारिटी शो गरिएको छ। बिहान जय नेपाल हलमा गरिएको च्यारिटी शोमा केही फिल्मकर्मी र पत्रकारहरुलाई पनि आमन्त्रित गरिएको थियो। फिल्म हेरिसकेपछि अधिकांशले सकारात्मक प्रतिक्रिया दिएको छ।

कमेडी फिल्म ‘छ एकान छ’ले बजार पिटिरहेको बेला एउटा गायकको संघर्षको कथा भन्ने ‘मोक्ष’ले पनि व्यापसायिक सफलता हासिल गर्ने विश्वास गरिएको छ। फिल्मको भावनात्मक पक्षसँगै म्यजिक र कमेडी पनि रुचाइएको छ। नायक गजित विष्टले ‘मोक्ष’ हेरिसकेपछि अब नेपाली फिल्म राम्रो बन्दैनन् भन्ने दिन गएको भन्दै फेसबुकमा पोस्ट गरेका छन्। फिल्मले दर्शकहरुको पनि उल्लेख्य साथ पाउने उनको दाबी छ। पत्रकारहरुले पनि फिल्म सोचेको भन्दा राम्रो लागेको प्रतिक्रिया दिएका थिए।

prabin-shrestha-and-sunil-manandhar ‘मोक्ष’को च्यारिटी अपाङगताको क्षेत्रमा काम गर्दै आएको सक्षम नेपालले गरेको थियो। निर्माता सुनिन मानन्धरका अनुसार च्यारिटीबाट उठेको ६० प्रतिशत रकम संस्थालाई प्रदान गरिने छ। माघ २४ गतेबाट देशभर प्रदर्शन हुने यस चलचित्र निर्देशक श्रेष्ठकै जीवनीमा आधारित छ। चलचित्रमा कोशिष क्षेत्री र बेनिशा हमाललगाएत कलाकारको अभिनय रहेको छ। यी दुई मुख्य कलाकारको अभिनयको पनि निकै तारिफ गरिएको छ।

SUBSCRIBE 👉