अमेरिकामा महजात्रा


maha-jatra-in-americaग्ल्यामर नेपाल, काठमाडौं । अमेरिकामा रहेका नेपालीहरुले चर्चित हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको व्यग्य प्रहशन प्रत्यक्ष हेर्न पाउने भएका छन् । महजात्रा अन्तरगत मह जोडीले अमेरिकाका दर्जनभन्दा बढी राज्यमा प्रस्तुती दिने पक्का भएको हो। सेप्टेम्बर २० मा सान्फ्रासिस्कोबाट सुरु हुने यात्रा लसएञ्जलस, बोस्टन, अस्टिन, वासिङटन डिसी, डलास, सिकाको, ओहायो, एटलान्टा, बाल्टिमोरलगाएतका स्थानमा हुने बताइएको छ।

जात्रामा मह जोडीको साथ शिवहरी पौडेल, किरण केसी, बसुन्धरा भुषाल, मोहित मुनाल र यमन श्रेष्ठ पनि सहभागी रहनेछन्। कार्यक्रमको सञ्चालनको जिम्मा भने विश्व किर्तिमानी सञ्चारकर्मी रवि लामिछानेले पाएका छन्। नेपालका विभिन्न सहरमा अत्याधिक रुचाइएको मह जात्रा यसअघि अष्ट्रेलिया र बेलायतमा पनि देखाइएको थियो। महजोडी लामो समयपछि स्टेज प्रहशनमा उत्रिएकाले जात्रा निकै रुचाइएको छ।

SUBSCRIBE 👉