‘रंग वैजनी’ले बचाउला त गरिमाको साख ?


Garima-Pantaग्ल्यामर नेपाल, काठमाडौं। फिल्म ‘झोला’ले गरिमा पन्तलाई के मात्र दिएन् ? पहिलो कुरा त, झण्डै पलायनको संघारमा पुगिसकेकी उनलाई फेरि चर्चाको शिखरमा पुरायो। फिल्मवृत्तमा मात्र होइन्, उनको जीवन्त अभिनयको प्रसंशा समाजका क्षेत्रबाट भयो। सार्क फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनेत्रीको अवार्ड यही फिल्मले दिलायो। स्वदेशमै पनि धेरै अवार्डमै उनकै कब्जा रह्यो। यीसँगै उनले दुई नयाँ फिल्म ‘ठूली’ र ‘रंग वैजनी’मा काम गर्ने अवसर पाइन्। ‘झोला’जस्तै यी फिल्म पनि निकै लोकप्रिय हुने आशा राखिएको थियो तर ‘ठूली’ले यो आशामा तुषारापात लगाएको छ।

६ भदौबाट प्रदर्शन भएको ‘ठूली’ले न पैसा कमायो, न सकारात्मक प्रतिक्रिया नै पायो। जबकी उनी पहिलो पटक यो फिल्ममा एक्सन अवतारमा देखिएकी थिइन् भने अन्य फिल्मको तुलनामा केही छोटो कपडा लगाएर आइटम डान्स गरेकी थिइन्। तर यी दुई तत्व मात्र दर्शकलाई हलसम्म तान्न पर्याप्त भएन्। यो फिल्म ‘कोहीनुर’को क्रेजको मारमा त परेकै हो तर त्योभन्दा बढी समस्याचाहीं कन्टेन्ट र मेकिङ नै फितलो भएको परिणाम हो। यसरी ‘ठूली’ले त गरिमाको साख बचाएन, अब आशा भनेको ‘रंग वैजनी’सँग छ। शम्भु प्रधान निर्देशित यो फिल्म १९ मंसिरमा रिलिज हुँदैछ। यसैबीच, यो फिल्मको शिर्ष गीत आइतबार सार्वजनिक गरिएको छ। शीतल मोक्तान र दीप प्रधानको स्वर रहेको गीत गरिमा सहित सुमिना घिमिरे र दिक्पाल कार्कीमाथि फिचरिङ गरिएको छ।

भिडियो हेर्नुहोस्
rang-baijani-video-image

SUBSCRIBE 👉