साथीको गाली खाँदै सुरेन्द्रले बनाए हमजाएगा


Humjayega-Movieग्ल्यामर नेपाल, काठमाडौं । अष्ट्रेलियामा फिल्म सम्बन्धी विषय पढ्दै गरेका युवा सुरेन्द्र पुनलाई दार्जिलिङका चर्चित कमेडियन हमजाएगाका बारे कुरा सुन्दा ती कुरा केबल काल्पनिक मात्र लाग्दथे । हमजाएगाको बारेमा सामाजिक सञ्जाल फेसबुकमा पेज भेटाएपछि उक्त पेजका तस्वीर हेर्दा हमजाएगाको वास्तविक तस्वीर भेटेपछि मात्र यी व्यक्तिको वास्तविकता थाहा पाए ।

‘दार्जिलिङका गाडी चालक हमजाएगा एकदमै हसाँउने किसिमका व्यक्ति रहेछन्, उनको बारेमा मैले त्यही गएर अध्ययन गरेपछि मलाई फिल्म बनाउने सोच आयो,’निर्देशक पुनले मंगलबार राजधानीमा आयोजित फिल्म ‘हमजाएगा’को फष्टलुक सार्वजनिक कार्यक्रममा उनले भने,‘मैले सिड्नीमै बसेर ड्राइभरकै बारेमा एउटा कथा लेखें अनि नाम पनि हमजाएगा नै राखें ।’ निर्देशक पुनले आफुले फिल्मको नाम ‘हमजाएगा’ राख्दा फेसबुकमा धेरै साथीहरुले ‘हिन्दी शब्द किन राखेको’ भनेर गाली गरेको सम्झँदै अहिले आएर आफुले सही शीर्षक छनौंट गरेको दाबी गरे । उनले फिल्मले एक बस चालकले आफ्नो यात्रामा भोगेका रमाइला विषयलाई प्रस्तुत गरिएको बताए ।

फिल्मका अभिनेता बाबु बोगटीले अभिनय अनुभव सुनाउँदै फिल्मबाट राम्रो प्रतिक्रिया आउने आशा व्यक्त गरे भने अर्का कलाकार मनोज आरसीले बाहिर आफु इमान्दार नभए पनि फिल्ममा भने इमान्दार पात्रको भूमिकामा रहेको बताए । फिल्मले नेपाली फिल्मको इतिहासमा सम्भवत पहिलोपटक फिल्मका कलाकारदेखि प्राविधिकसम्मलाई फष्टलुक सार्वजनिक कार्यक्रममा सहभागिताको प्रमाणपत्र वितरण गरेको थियो । उनीहरुलाई चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियले प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रममा फिल्मका दुई गीत ‘माया’ र ‘मस्ती’ देखाइएको थियो ।

आगामी मंसीर ५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा बाबुसहित विल्सनविक्रम राई, पार्वती राई, मनोज आरसी, रवि गिरी, ऋचा धिताल, सपना श्रेष्ठ, श्याम राई, रेश फिरिरि, प्रज्जवल गिरी, बालकाशी गुरुङलगायतले अभिनय गरेका छन् । मुनाल फिल्मस् प्रा.लि.को व्यानरमा टंक गुरुङ, सूर्य ब्लोन(सानु), ओमकुमारी पुन, सरस्वती लामाले लगानी गरेको फिल्ममा योगेन्द्र श्रेष्ठको एक्सन, अर्जुन जिसीको सम्पादन, कमल राईको नृत्य र बाबु श्रेष्ठको छायांकन रहेको छ ।

SUBSCRIBE 👉