भाइरलले अस्पतालमा सुनिल, बुधबार डिस्चार्ज हुँदै


Sunil-Thapaग्ल्यामर नेपाल, काठमाडौं । नेपाली फिल्म क्षेत्रका वरिष्ठ अभिनेता सुनिल थापा भाइरल फिभरबाट बिरामी परेपछि हाल उनी जावलाखेलस्थित अल्का अस्पताल भर्ना भएका छन् । गत मंगलबार मुम्बईबाट काठमाडौं आएका सुनिल फिल्म ‘मेरी कोम’को प्रमोसनदेखि अन्य काममा व्यस्त भएपछि उनको स्वास्थ्य अवस्था कमजोर भएको हो ।

थापा निकट फिल्म वितरक र गीतकार नरेशदेव पन्तका अनुसार भाइरलको ज्वरोसँगै झाडापखाला लागेपछि उनलाई मंगलबार बिहान आठ बजेदेखि अल्का अस्पतालमा राखिएको थियो । ‘उहाँलाई आज बिहान अस्पतालमा राख्यौं, डाक्टरले अहिले अब्जर्भेसनमा राखेको छ, आत्तिनु पर्ने अवस्था छैन,’नरेशले भने,‘अस्पतालले बुधबार डिस्चार्ज गर्दैछ, डाक्टरले नियमित हेरचाह गरिरहेका छन् ।’

पन्तका अनुसार बुधबार मुम्बई उड्न लागेका थापा बिरामी भएपछि उक्त यात्रा क्यान्सिल गरिएको छ । थापाको परिवार मुम्बईमा भएपछि अस्पतालमा पन्तसहित निर्देशक नारायण पुरीलगायतका साथीहरुले हेरचाह गरिरहेका छन् । पन्तले फिल्म ‘मेरी कोम’ले नेपाल प्रदर्शनको अधिकार लिएका हुन् ।

SUBSCRIBE 👉