सुदर्शन र पुजाको रोमान्स भिडियो सार्वजनिक


puja-sharma-sudarshan-gautam-ajhai-pani ग्ल्यामर नेपाल, काठमाडौं । उसो त रियल लाईफमा पनि सुदर्शन थापा र पुजा शर्मा बीचको रोमान्सको हल्ला नचलेको होइन् । फिल्म ‘मधुमास’मा पुजालाई अनुबन्ध गरेदेखी नै यो जोडीको प्रेमसम्बन्धले चर्चा पाइरहेको छ। भलै अहिलेसम्म दुवैले मुख खोलेका छैनन्। यसरी रियल लाइफको रोमान्सको शंकालाई थप बल पुग्ने गरी यो जोडीको रिल रोमान्सको भिडियो सार्वजनिक भएको छ। सुदर्शककै लगानी रहेको फिल्म ‘अझै पनि’को ‘प्रेम दिवस…’ बोलको गीत सार्वजनिक गरिएको हो। गीतमा सुदर्शनले पुजाप्रतिको प्रेमभाव दर्शाएका छन्।

सार्वजनिक गीतमा हरि लम्सालको स्वर तथा संगीत रहेको छ। शब्द भने संजिव थापाले कोरेका हुन्। फिल्मकै निर्देशक आलोक नेम्वाडले यो जोडीको प्रेम गीतमा उतारेका छन्। आलोकले गाउँका आकर्षक दृश्यहरुको कलात्मक ढंगले प्रस्तुत गरेका छन्। निर्माण युनिटले फिल्मको घोषणा भएदेखि नै यो गीतलाई प्रमोशनको पहिलो अस्त्र बनाएको छ।

फागुन १५ गते रिलिज हुने भनिएको ‘अझै पनि’मा सुदर्शन र पुजासँगै विजय लामा, सुरक्षा पन्त, पुष्प खड्का, विशाल ढुंगाना, रामशरण पाठक, विपना धिमाललगायतका कलाकारको अभिनय छ। पूनम इन्टरटेन्मेन्टको ब्यानरमा सुदर्शन थापा प्रोडक्शनको प्रस्तुती रहेको फिल्ममा डिजाइनर पुनम गौतमको पनि लगानी रहेको छ।

रोमान्स भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

SUBSCRIBE 👉