कार्तिक १ बाट ३ मा सर्यो नेफ्टा अवार्ड


Nefta-Awardग्ल्यामर नेपाल, काठमाडौं । कार्तिक १ गते हुने भनिएको सातौं संस्करणको नेफ्टा अवार्ड कार्तिक ३ मा हुने भएको छ । तीन आयोजक कम्पनी मध्येको एक कम्पनी एस के फिल्मस् प्रालिका चेयरम्यान तथा निर्माता सुनीलकुमार थापाले दिएको जानकारी अनुसार प्राविधिक कारणले १८ बाट २० अक्टोबर (कार्तिक ३) का लागि अवार्ड सारिएको हो ।

यस अघि हङकङबाटै अक्टोबर १८ मा अवार्ड हुने घोषणा गरिएको थियो । अवार्ड तयारीका लागि थोरै समय भए पनि त्यसलाई उत्कृष्ठ ढंगले प्रस्तुत गर्ने निर्माता थापाले बताए । कात्तिक ३ को अवार्ड मिति यम पञ्चकको अघिल्लो दिन अर्थात काग तिहारको अघिल्लो दिन हो ।

SUBSCRIBE 👉