मिलनले ल्याइन् सांगीतिक मधुर मिलन


IMG_4126ग्ल्यामर नेपाल, काठमाडौं । आधुनिक संगीत तथा पाश्र्व गायनमा पछिल्लो समयमा आफुलाई स्थापित गराउँदै आएकी गायिका मिलन अमात्यले दोस्रो एकल एल्बम श्रोतामाझ ल्याएकी छन् । करिब तीन वर्ष अघि ‘मिलन’ नामक एल्बम ल्याएकी मिलनले गत शुक्रबार ‘मधुर मिलन’ नामक दोस्रो एल्बम ल्याएकी हुन् ।

एल्बमको संगीत नाट्य एकेडेमीका उपकुलपति संगीतकार शम्भूजित बास्कोटा, पूर्व प्रधान सेनापति रुक्माङगत कटवाल, प्राज्ञ संगीतकार शान्तिराम राई, एल्बमका गीतकार राजुबाबु श्रेष्ठ, संगीतकार सुनिल मास्के, गायिका मिलन अमात्य र एरेन्जर सचिन सिंहले संयुक्त रुपमा एल्बम सार्वजनिक गरेका थिए ।

संगीतकार संघ नेपालको आयोजनामा भएको कार्यक्रममा गायिका मिलनले पनि दोस्रो एल्बम निकाल्दाको सम्झना गरिन् । एल्बममा सुनिल मास्केको एकल संगीत र सचिन सिंहको सोलो एरेञ्ज रहेको छ । एल्बममा ‘किन लायौ माया परदेशी’, ‘सोचेजस्तो भए जीवन’, ‘चाहे गाली गर प्रिय’, ‘हजारौंको भीडमा’, ‘मुटु चिरी माया लग्यौ’ गीत रहेका छन् । एल्बमलाई भाइब्स क्रिएसनले बजारमा ल्याएको हो ।

SUBSCRIBE 👉