प्रख्यात अभिनेता शशी कपुर आइसीयूमा


Shashi-Kapoorबलिउडका प्रख्यात अभिनेता शशी कपुरको टाउकोमा संक्रमण भएपछि उनलाई कोकिलाबेन धीरुभाई अम्बानी अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको छ । अस्पतालका कार्यकारी निर्देशक डा. रामनारायणले ७६ वर्षे अभिनेताको आइतबार हल्का रुघासँगै श्वासप्रश्वासमा पनि समस्या आएपछि अस्पताल भर्ना गरिएको थियो ।

‘उहाँको टाउकोमा संक्रमण भएको पाइएको छ, उहाँ आइसीयूमा भए पनि अवस्था स्थिर छ । हामी उहाँलाई एन्टीबायोटिक्स दिईरहेका छौं ।’ डा. नारायणले भने । शशी कपुरले १ सय ६० भन्दा बढी फिल्ममा काम गरिसकेका छन् र उनले तीनपटक राष्ट्रिय पुरस्कारबाट सम्मानित हुने अवसर पनि पाइसकेका छन् । उनले सन् २०१० मा फिल्म फेयर लाइफटाइम अचिभमेन्ट अवार्ड पनि प्राप्त गरेका थिए ।

बहुमुखी प्रतिभाका धनी कपुरको ‘दीवार’, ‘सिलसिला’ र ‘सत्यम शिवम सुन्दरम्’ जस्ता फिल्म चर्चित फिल्ममा पर्दछन् । कपुरको यसअघि नै बाईपास सर्जरी गरिसकिएको छ । श्रीमति गुमाइसकेका कपुरको परिवारमा तीन सन्तान छन् ।

SUBSCRIBE 👉