ज्याकुलिनलाई बाँदरले दुःख दिएपछि


Jackulin-Fernandezमलेशियाको लैंगकोवी आइल्याण्डमा रणवीर कपुरसँग फिल्म ‘रोय’को सुटिङमा व्यस्त नायिका ज्याकुलिन फर्नान्डिजलाई स्थानीय बाँदरले हैरान पारेका छन् । रमाइलो कुरा के छ भने सँगै रहेका अभिनेता रणवीरलाई बाँदरले केही गर्दैनन्, जबकी ज्याकुलिनलाई चाहिँ जतिखेर पनि घेरिरहन्छन् ।

समाचार अनुसार ज्याकुलिनले खान लागेको फलफूललाई बाँदरले चोरेर लाने गर्दछन् । प्रायः बाँदरले ज्याकुलिन एक्लै भएको मौका पारी दुःख दिने गर्दा रहेछन् । जबकी एक्लै बस्ने रणवीरलाई चाहिँ बाँदरले वास्तै गर्दैन रहेछ । यो चर्तिकला हेरिरहेका फिल्म युनिटले भने ज्याकुलिनको सुन्दरतामा बाँदरका पनि आँखा परेको अनुमान लगाएका छन् ।

विक्रमजित सिंहले निर्देशन गरेको फिल्म आगामी वर्षको फेब्रुअरी महिनामा रिलिज हुनेछ । फिल्ममा अर्जुन रामपालले पनि अभिनय गरिरहेका छन् । फिल्ममा ज्याकुलिनको दोहोरो भूमिका रहनेछ ।

SUBSCRIBE 👉