सहारालाई मिस ईकलेज २०१४ को ताज


Miss-E-collegeग्ल्यामर नेपाल, काठमाडौं । सिजन मिडिया प्रा.लि.द्वारा आयोजीत कलेजमा अध्ययनरत छात्राहरुमा केन्द्रित ‘टिभिएस जुपीटर मिस इकलेज २०१४’ मा सहभागी २४ जना प्रतियोगीहरुलाई पछि पार्दै प्रसादी कलेज कुमारीपाटीमा कक्षा १२ मा अध्ययनरत १७ वर्षीया सहारा चित्रकारले पाचौं संस्करणको ताज चुम्न सफल भएकी छन् । उनले ‘वेष्ट स्किन अवार्ड’ को अवार्डसँगै पौडी प्रतियोगीतामा तृतिय स्थान पनि प्राप्त गरिन् । प्रतियोगितामा फष्ट रनरअप वुढानिलकण्ठमा अध्ययनरत १७ वर्षीया प्रशंसा पौड्याल भइन भने उनले ‘मिस पर्सनालीटी’को अवार्ड समेत हात पारिन् । त्यस्तै सेकेन्ड रनर काठमाडौं इञ्जिनियरिङ कलेजमा अध्ययनरत २३ वर्षीया ज्योती खड्काले ‘वेष्ट फोटोजेनीक अवार्ड’ पनि जित्न सफल भइन ।

प्रतियोगिताका विजेताले शीर्ष उपाधिसहित एक लाख ६५ हजार पर्ने स्कुटर र उच्च शिक्षामा क्याम्पेन कलेजमा दुई लाख बराबरको छात्रावृत्ति साथै ग्याजेट नेपालको तर्फबाट बर्ड मोवाइल फोन साथै फेशन सेन्टर भाटभटेनीको तर्फवाट आर्कशक साडी गिफ्ट प्राप्त गरिन । त्यस्तै फस्ट रनर अपले पनि टिभिएस जुपीटर स्कुटर, क्याम्पेन कलेजमा एक लाख बराबरको छात्रावृत्ति बर्ड मोवाइल, साडी र अन्य उपहारहरु पाइन । सेकेण्ड रनर अपले भने बर्ड मोवाइल फोन, क्याम्पेन कलेजमा एक लाख बराबरको छात्रावृत्ति, साडी साथै विभिन्न गिफ्ट ह्याम्परहरु र छात्रावृत्ति प्राप्त गरे ।

Miss-E-college-1अन्य विधामा ‘वेष्ट स्माइल’ संगीता थापा, ‘फ्रेण्डसीप अवार्ड’ सरोजाकुमारी चौधरी, ‘मिस पपुलर’ गरिमा ओस्ती, ‘फेसबुक लाइक अवार्ड’ संगीता कार्की , ‘मिस डिसिपीलीन’ सहारा श्रेष्ठ, ‘मिस ट्यालेन्ट’ मनिसा वली, ‘भिर्योस च्वाइस’ आरती चौधरी, ‘वेष्ट ड्रेस’ सृष्टी श्रेष्ठ र ‘अर्गनाइजर च्वाइस’ श्रेष्या पाण्डेले जिते । विगत ५ वर्षदेखि निरन्तर रुपमा कलेजमा अध्ययनरत सम्पूर्ण छात्राहरुलाई मध्यनजर राखी उनीहरुको व्यक्तित्व विकास साथै उच्च शिक्षाको अध्ययनमा सहयोग पुग्नु साथै सहि मार्ग निर्देशनको भूमिका खेल्न सकोस भन्ने अभिप्रायले कार्यक्रम गरिएको आयोजक संस्थाका प्रबन्ध निर्देशक प्रदीपराज वन्तले बताए ।

प्रतियोगिताको निर्णायकमा मेगा बैंकको चिफ विजनेश अफिसर रबिना देशराज श्रेष्ठ, मिस नेपाल वल्र्ड इसानी श्रेष्ठ, क्याम्पेन कलेजका प्रिन्सीपल मोहन अधिकारी, नेशनल कलेजका डाइरेक्टर राजेन्द्रप्रसाद कोइराला, ग्याजेट नेपालका चियरम्यान सुरेन्द्र खनाल, पत्रकार प्रेम वानियाँ ,राजधानी दैनिकका पत्रकार गणेश बस्नेत, इस्लीङटन कलेजमा प्रवन्ध निर्देशक रवि फुयाल र सहारा एयरहोस्टेज बुटवलका अध्यक्ष आलोक भट्टराई रहेका थिए ।

SUBSCRIBE 👉