दुखेको देश सार्वजनिक


Dukhya-ko-deshग्ल्यामर नेपाल, काठमाडौं । दशजना लोकगायकले एकसाथ गाएको गीति एल्बम ‘दुखेको देश’ सार्वजनिक भएको छ । गीतकार शिव सुवेदीको शब्द संगीत रहेको एल्बमको गत आइतबार सभासदहरु रविन्द्र अधिकारी, चन्द्र भण्डारी र खिमलाल देवकोटालगायतले सार्वजनिक गरे ।

एल्बममा एउटा मात्र ‘खै हाम्रो दिलमा त’ बोलको गीत रहेको छ । जसमा पशुपति शर्मा, पुरुषोत्तम न्यौपाने, बद्री पंगेनी, खुमन अधिकारी, रामजी खाँड, कुलेन्द्र विक, पुष्कल शर्मा, प्रकाश सपुत, जुना श्रीष र शान्तिश्री परियारको स्वर रहेको छ ।

पुष्पाञ्जली म्युजिकले बजारमा ल्याएको एल्बममा संगीतकार अर्जुन पोखरेल एरेञ्जर रहेका छन् ।

SUBSCRIBE 👉