किरणलाई माया मुटु पोल्ने व्यथा भएपछि(भिडियो)


Kiran-Lacoulग्ल्यामर नेपाल, काठमाडौं । माया कतिका लागि फलिफाप बन्ला त कतिलाई अभिषाप नै । मोडल किरण लाकौललाई पनि अहिले सम्भवत त्यो माया अभिषाप बन्दैछ । त्यसैले त उनी ‘माया मुटु पोल्ने व्यथा’भन्दै आशु झार्दै गीत गाईरहेका छन् ।

किरण वास्तवमै मायामा पीडित भने भएका होईनन् । गायत्री थापाको शब्द, उत्तम थापाको संगीत र स्वरुपराज आचार्यको स्वरमा रहेको गीत ‘माया’को भिडियोमा किरणलाई मायाको पीडामा प्रस्तुत गरिएको छ । अभिनेत्री केकी अधिकारीलाई श्रीमतिको रुपमा भित्र्याए पनि केकी अर्कै केटासँग लागेपछि श्रीमतिको यादमा किरण पीडित बनेका छन् ।

लक्ष्मण पौडेलको निर्देशन, सुरेश राउतको सम्पादन र अर्जुन तिवारीको छायांकन रहेको भिडियोको गीत गीतकार गायत्रीको ‘सपना’ एल्बममा समेटिएको छ ।

SUBSCRIBE 👉