दिक्पालको हेराईले सुमिनालाई मात लाग्यो(भिडियो)


Sumina-Ghimireग्ल्यामर नेपाल, काठमाडौं । १२ वर्षपछि फिल्म निर्देशनमा पुनरागमन गरेका निर्देशक शम्भु प्रधानको पछिल्लो फिल्म ‘रंग बैजनी’को ‘नहेर न त्यसरी’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा अभिनेता दिक्पाल कार्की र अभिनेत्री सुमिना घिमिरेले फिचरिङ गरेका छन् भने एक दृश्यमा स्वयं निर्देशक प्रधानलाई पनि देख्न सकिन्छ । फिल्ममा गरिमा पन्तले पनि अभिनय गरेकी छन्।

दीप प्रधानको संगीत रहेको गीतमा शितल मोक्तानको स्वर रहेको छ भने रमण घिमिरेको शब्द तथा बसन्त श्रेष्ठको कोरियोग्राफी रहेको छ । नूतन, इश्वरी र सिया निर्माता रहेको फिल्म आगामी मंसीर १९ गतेबाट प्रदर्शनमा आउँदैछ । मित्र गुरुङले सम्पादन गरेको फिल्ममा शम्भुका छोरा सशांक प्रधानको सिनेमाटोग्राफी रहेको छ ।

SUBSCRIBE 👉