प्रचण्डकी नातिनीको नयाँ एल्बम


IMG_4700ग्ल्यामर नेपाल, काठमाडौं । पाँच वर्ष अघि घटस्थापनाकै मौका पारेर पहिलो एल्बम ‘स्मिता’ श्रोतामाझ ल्याएकी गायिका स्मिता दाहालले बिहीबार घटस्थापनाकै अवसर पारेर दोस्रो एल्बम ‘स्मिता २’ सार्वजनिक गरेकी छन् । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डकी नातिनी स्मिताको एल्बम प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, एमाओवादी नेता डा. बाबुराम भट्टराई, नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ र नेपाली काँग्रेसका महामन्त्री कृष्ण सिटौलालगायतले संयुक्त रुपमा विमोचन गरे ।

एल्बममा पाँच गीत रहेका छन् । जसमा ‘बिगार्दैन कसैको केही’, ‘आँखा किन झुक्न थाल्यो’, ‘दिलको आँखामा झ्याल’, ‘पराईको भयौ तिमी’ र ‘प्रिय तिम्रो हृदय’ बोलका गीत छन् । गीतमा डा.कृष्णहरि बराल, आनन्द अधिकारी, रमेशराज भट्टराई र डा. भोला रिजालको शब्द रहेको छ भने बसन्त सापकोटा, गैरे सुरेश, चेतन सापकोटा, रमेशराज भट्टराईलगायतको संगीत रहेको छ ।

गायिका स्मिताले आफ्नो एल्बम ठूलो आमा स्वर्गीय ज्ञानु दाहाल(प्रचण्डपूत्री) लाई समर्पण गर्ने घोषणा गरेकी छन् । एल्बमको बजार व्यवस्थापन भाइब्स क्रिएसनले गरेको हो ।

SUBSCRIBE 👉