प्रतिष्ठाको सांगीतिक प्रतिष्ठा


Album-Launchग्ल्यामर नेपाल, काठमाडौं । तीक्ष्ण स्मरणशक्तिका कारण गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा नाम लेखाउन सफल प्रतिष्ठा अमात्य विष्टले डेब्यु एल्बम ‘प्रतिष्ठा’ श्रोतामाझ ल्याएकी छन् । एल्बमलाई वरिष्ठ संस्कृतिविद सत्यमोहन जोशीलगायतले राजधानीमा बिहीबार बेलुका सार्वजनिक गरे ।

संगीतकार देवेन्द्र राईको एकल संगीत रहेको एल्बममा ७ गीत रहेका छन् । जसमा ‘माटोको शरीर’,‘हरपल हरक्षण’,‘जतन गरेर’,‘छल मात्रै’,‘अञ्जुलीमा जिन्दगी’,‘विश्वासलाई’ र ‘मिठो छुरी’ बोलका गीत रहेका छन् । एल्बममा रहेका चार गीत गायकले नै लेखेकी हुन् भने अन्य महेश पौडेल र सुरेन्द्र न्यौपानेले लेखेका छन् । ‘हरपल हरक्षण’को भिडियो समेत बनेको छ । एल्बमलाई एसियन म्युजिकले बजारमा ल्याएको हो ।

SUBSCRIBE 👉