फेशन शोमा ‘अझै पनि’को प्रमोसन


ajhai-pani-in-fashion-showग्ल्यामर नेपाल, काठमाण्डौ । शुक्रवार साँझ नभ्यता म्यागाजिनले आयोजना गरेको “नभ्यता फेसन्स नाईट आउट”मा निर्देशक आलोक नेम्वाङ् तथा मुख्य कलाकारहरु सुदर्शन थापा, पुजा शर्मा, सुरक्षा पन्त सहित निर्मात्री पुनम गौतम देखिए। फागुन ११ मा रिलिज हुने नेपाली चलचित्र ‘अझै पनि’ को टिम चलचित्र प्रचारकालागि उक्त फेशन शोमा पुगेको हो।

ajhai-pani-alok-nembang

निर्देशक नेम्वाङले स्टेजबाटै भने – ‘हाम्रै समाजको यूवतीहरुको कथा चलचित्रले बोल्छ । त्यसैले तपाईहरु चलचित्र हेर्न आउनु हुनेछ भन्ने अपेक्षा राखेका छौ।’

फेशनको शोमा “अझै पनि” निर्मात्री पुनम गौतमले आफ्नै कष्ट्युम डिजाइनमा मोडललाई र्‍याम्पमा उतारेकी थिइन्। पुनमले अभिनेत्री गौरी मल्ललाई पनि स्टेजमा निम्त्याएकी थिइन्। ‘ड्रेसहरु विभिन्न तरिकाबाट डिजाइन गरिएपनि यसलाई सबैले लाउन सक्छन् र सिम्पल हुन्छ भन्ने मेरो थीम हो’, फेशन डिजाइनर तथा चलचित्र निर्मात्री पुनमले बताइन्। त्यस्तै टेन्जिङ याङगकाईले पनि आफ्नो समूहलाई र्‍याम्पमा उतारेका थिए।

ajhai-pani-1

राजेश श्रेष्ठले खिचेको ‘अझै पनि’मा संगीत महेश खड्का, हरी लम्साल, राजनराज सिवाकोटीले संगीत भरेका छन्। सुदर्शन थापा प्रडक्शन र पुनम इन्टरटेनमेन्टको ब्यानरमा पुनम गौतम र सुदर्शन थापाले निर्माण गरेका हुन्।

SUBSCRIBE 👉