संकटमा प्रशान्तको फिल्मी करिअर


prashant-tamangग्ल्यामर नेपाल, काठमाडौं। इन्डियन अाइडलको विजेताका हिसाबले प्रशान्त तामाङ गायकका रुपमा निकै चर्चित हुनु पर्ने हो तर त्यो हुन सकेन। संसारका धेरै मुलुकमा हेरिने उक्त शो टपर भएपनि प्रशान्तले गाएका गीतहरु खासै चर्चित भएनन्। साँच्चैभन्दा उनको सांगितिक करिअरमा इन्डियन आइडलको उपाधी खासै फलदायी देखिएन। भारतमा त उनी गुमनाम छन्। नेपालमा पनि गायकको रुपमा प्रसिद्धि कमाएनन् तर नायक बनेपछि थोरै चर्चा बटुल्न सफल भए। खासगरी पहिलो फिल्म ‘गोर्खा पल्टन’ले उनलाई नयाँ उचाई दिलायो। उनी बनेको यो फिल्मले सकारात्मक प्रतिक्रियासँगै व्यावसायिक किर्तिमानी राख्यो।

‘गोर्खा पल्टन’ ब्लकबस्टर भएपछि प्रशान्तलाई फिल्मको ओइरो लाग्न थाल्यो। तर दुर्भाग्य त्यसपछि रिलिज भएका ‘अंगालो यो मायाको’ र ‘किन मायामा’ले उनको साख जोगाउन सकेन। यी फिल्मले न पैसा कमाए, न उनले तारिफ बटुले। यही कोटीमा परेको छ, उनको पछिल्लो फिल्म ‘निशानी’। यो फिल्ममा पनि उनी लाहुरेको भूमिकामा देखापरेकोले ‘गोर्खा पल्टन’ जस्तै हिट हुने आशा राखिएको थियो। प्रशान्त आफैंले काठमाडौंमा मिडियासँग कुराकानी गर्दै आफ्नो करिअरमा ‘निशानी’को ठूलो महत्व रहेको बताएका थिए। तर न उनको अपेक्षा पुरा भयो, न दर्शकको। सोलो रिलिजको मौका पाउँदा पनि फिल्मले निकै कमजोर व्यापार गर्‍यो। कन्टेन्ट र मेकिङ मात्र होइन्, प्रशान्तको अभिनयको आलोचना गरिएको छ। लगातार फिल्म फ्लप हुँदा भएको धेरथोर स्टारडम पनि ओरालो लागेको हेक्का प्रशान्तलाई होला कि नहोला ?

SUBSCRIBE 👉