विवाहले नरोकेको पवित्राको करिअर


Pabitra Acharya | Photo: Kamal Shrestha

Pabitra Acharya | Photo: Kamal Shrestha

ग्ल्यामर नेपाल, काठमाडौं। विवाहपछि अधिकांश अभिनेत्रीको करिअर पूर्णविराम लाग्छ। नेपाली फिल्म उद्योगका मात्र होइन्, बलिउडका हिरोइनहरुमा पनि यो समस्या छ। फिल्म खेल्न नपाएकै कारण डिभोर्स दिएका उदाहरण पनि छन्। तर हिरोइन पवित्रा आचार्यले भने यो समस्या झेल्नु परेन। किनभने उनको करिअरमा विवाह बाधक होइन्, बरु फलदायी भइदियो। सायद श्रीमान् फिल्मवृत्त कै भएकाले पनि पवित्राको करिअरमा प्लसपोइन्ट पुगेको हुनसक्छ। उनका पति हुन्, फिल्म निर्देशक बसन्त निरौला।

बसन्तकै साथ र हौसलाले पवित्राले अभिनययात्रामा अगाडि बढिरहेकी छिन्। हालै मात्र उनले फिल्म ‘आवेग’को सुटिङ सकेकी छिन्। बसन्तले नै निर्देशन गरेको फिल्ममा उनीले नायक धुव्र दत्तसँग अन स्क्रिन रोमान्स गरेकी छिन्। यो फिल्मले आफ्नो करिअरको गति बढाउन भूमिका खेल्ने उनको विश्वास छ। यसअगाडी पनि उनले ‘विजयपथ’ र ‘राजनीति’लगाएतका फिल्ममा आफ्नो क्षेमता देखाइसकेकी छिन्।

पवित्रा अभिनेत्रीसँगै कुशल नृत्यांगना पनि हुन्। केही समय अघि सम्पन्न एनएफडिसी अवार्डमा उनले प्रस्तुत गरेको नृत्यले वाहवाही बटुलेको थियो।

SUBSCRIBE 👉