सांस्कृतिक साँझमा कोरियाली र नेपाली कलाकारका गीत


Korean-Artistग्ल्यामर नेपाल, काठमाडौं । कपन टुरिजम प्रोमोसन बोर्डको सांस्कृतिक साँझ भव्यताका साथ सम्पन्न भएको छ । उक्त सांस्कृतिक साँझमा दक्षिण कोरियाका चर्चित संगीतकर्मीहरु हे रुन पार्क र किम सुङ वेई सहभागी भएका थिए भने नेपालबाट मिङ्मा शेर्पा, मिलन अमात्य, दुर्गा खरेल, सन्तोष लामा र विश्व नेपालीको बेजोड प्रस्तुती रहेको थियो ।

नेपाली र दक्षिण कोरियाली कलाकारबीच सांस्कृतिक कार्यक्रमको माध्यमबाट संस्कृति आदानप्रदान गर्ने उद्देश्यले सांस्कृतिक साँझको आयोजना गरिएको आयोजकको भनाई छ । काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा भएको कार्यक्रमबाट प्राप्त हुने कुल आम्दानीको ५० प्रतिशत रकम कपन पार्कमा बुद्ध प्रतिमा निर्माण र सिन्धुपाल्चोकका बाढीपीडितको सहयोगमा खर्चिने आयोजकले जानकारी दिएको छ ।

बोर्डका अध्यक्ष आङकामी शेर्पाको अध्यक्षतमा सम्पन्न कार्यक्रममा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, सभासद् गगन थापालगायतको उपस्थिति रहेको थियो ।

SUBSCRIBE 👉