करिश्मालाई ‘सदाबहार नायिका’को सम्मान


Actress Karishma Manandhar

Actress Karishma Manandhar

ग्ल्यामर नेपाल, काठमाडौं । नेपाली फिल्ममा कार्यरत प्राविधिकहरुको छाता संगठन नेपाल चलचित्र प्राविधिक संघ(नेफ्टा)ले नेपाली फिल्म क्षेत्रकी सर्वाधिक सुन्दरी नायिका करिश्मा मानन्धरलाई ‘सदाबहार नायिका’को उपाधि दिने भएको छ । संघको आइतबार बसेको बैठकले उनलाई उक्त उपाधि दिने निर्णय गरेको हो ।

संघका अध्यक्ष मनोज केसीका अनुसार आगामी कार्तिक ३ गते हङकङमा हुने ‘सातौं नेफ्टा अवार्ड’मा करिश्मालाई उक्त उपाधिसहित सम्मान गर्न लागिएको हो । ‘नेपाली फिल्ममा उहाँको योगदान विशिष्ट रहेको छ, पहिलेको जस्तै अहिले पनि उहाँमा फिल्मप्रतिको सक्रियता बढ्दो छ, त्यसकारणले पनि उहाँलाई हामीले सम्मान गर्न लागेका हौं ।’अध्यक्ष केसीले भने ।

२०४२ सालमा चौध वर्षको उमेरमा फिल्म ‘सन्तान’बाट नायिकाको रुपमा नेपाली रजतपटमा डेब्यु गरेकी करिश्माले त्यसपछि दर्जनौं फिल्ममा आफ्नो अभिनय क्षमता देखाइसकेकी छन् । अभिनयका अलावा सुन्दरताका कारण पनि करिश्माको ख्याती नेपाली फिल्म क्षेत्रमा अझैं छ ।

नेफ्टाले गत वर्ष मलेशियामा सम्पन्न ‘छैटौं नेफ्टा अवार्ड’मा वरिष्ठ अभिनेता नीर शाहलाई ‘अभिनय शिरोमणि’को उपाधि दिएको थियो ।

SUBSCRIBE 👉