‘होस्टेल रिटन्स’ मुहुर्त, असोज २१ बाट फ्लोरमा


Hostel-Returnsग्ल्यामर नेपाल, काठमाडौं । ‘सायद’ र ‘होस्टेल’ जस्ता सुपरहिट फिल्मको निर्माण गरेको व्यानर दुर्गिश फिल्मसले आफ्नो तेस्रो प्रोजेक्ट ‘होस्टेल रिटन्स’को सोमबार राजधानीको कमलादीस्थित गणेशस्थान मन्दिरमा शुभसाइत गरिएको छ ।

फिल्मका निर्माता सुनिल रावलले यो फिल्मका लागि सुरज भुषाललाई निर्देशनको जिम्मा दिएका छन् । थुप्रै फिल्ममा सहायक निर्देशक भई काम गरेका सुरजले फिल्म ‘मौन’बाट निर्देशकको रुपमा आफुलाई रजतपटमा ल्याएका थिए । फिल्ममा रंगमञ्चमा अभिनय गर्ने कलाकारहरुको बाहुल्यता रहेको छ । निर्देशक भुषालका अनुसार फिल्मले इन्जिनियरिङ र होस्टेल जीवनशैलीको चित्रण गर्नेछ ।

फिल्ममा सुशिल श्रेष्ठ, सुशिल सिटौला, शशी श्रेष्ठ, स्वस्तिमा खड्का, सुदाम सिके, शिव श्रेष्ठ, अभय बराल, रोयदीप श्रेष्ठ, प्रदीप चौधरी, नाजिर हुसेन, दीया मास्के, इभान जोशी र निर्मल शर्माको अभिनय रहनेछ । संगीतकार तथा रक ब्यान्ड स्याडोजका गायक स्वप्नील शर्माले फिल्ममा संगीत दिनेछन् ।

निर्माता रावलका अनुसार फिल्म असोज २१ गतेबाट फ्लोरमा जानेछ । २० दिनमा सुटिङ सकिने योजना रहेको फिल्म बुटवलमा छायांकन हुनेछ ।

SUBSCRIBE 👉