शिल्पाको निधारमा छविको आशिष


Chabi-Shilpaग्ल्यामर नेपाल, काठमाडौं । दशैंको अन्तिम दिन अर्थात मंगलबारको कोजाग्रत पूर्णिमाको मौका पारेर चर्चित निर्माता छवि ओझाले नवनायिका शिल्पा पोखरेललाई दशैं टीका लगाईदिएका छन् ।

आगामी कार्तिक ७ गतेबाट देशव्यापी रिलिज हुन लागेको फिल्म ‘लज्जा’मार्फत रजतपटमा डेब्यु गरेकी नायिका शिल्पालाई मध्यवानेश्वरस्थित आफ्नो कार्यालयमा सोही फिल्मका निर्माता ओझाले टिका लगाइदिएका हुन् ।

टिका लगाउँदा छविले विगतमा रेखा थापालाई जस्तै शिल्पालाई पनि ‘नम्बर वान रहिरहनु’ भन्दै शिल्पालाई आशिष दिएका थिए । आफू नजिकका केही फिल्मकर्मीहरुलाई समेत कार्यालय डाकेर दशैं टीका लगाएका छविले शिल्पालाई आशिष दिदा शिल्पाले हर्षका आँसु झारेकी थिईन् । निर्देशक नवल नेपालले निर्देशन गरेको फिल्म ‘लज्जा’मा शिल्पाले आर्यन सिग्देलसँग रोमान्स गरेकी छन् ।

SUBSCRIBE 👉