जिन्दगी रक्सको ‘लखर लखर’ सार्वजनिक(भिडियो)


Jindagi-Rocksग्ल्यामर नेपाल, काठमाडौं । भि प्रोडक्सनको प्रस्तुतीमा निकेश खड्काको निर्देशनमा निर्माण भएको फिल्म ‘जिन्दगी रक्स’ को नयाँ गीत सार्वजनिक भएको छ ।

‘लखर लखर’ बोलको गीतमा सुगम पोखरेल र गिरिश खतिवडाको स्वर रहेको छ । यस गीतको शव्द तथा संगीत सुगम पोखरेलको नै रहेको छ । गीतको एरेन्ज भने मोहित मुनालले गरेका हुन ।

फिल्ममा प्रकृति श्रेष्ठ, अकेशा विष्ट, रिचा शर्मा, सौरम राज तुलाधर, सोनम पाख्रिन, मकन राई, विनोद मैनाली तथा विक्की पुलामीको अभिनय रहेको छ । फिल्मको निर्माता सुजाता श्रेष्ठ हुन । युवाहरुको कथा समेटिएको फिल्मका सम्पादक निशान घिमिरे हुन् भने छायांकन हरि हुमागाईको रहेको छ ।

SUBSCRIBE 👉