संयमको सटबाट शुरु भयो नाईँ न भन्नू ल ३


Samyam-Anubhabग्ल्यामर नेपाल, काठमाडौं । २०७० को सुपरहिट फिल्म ‘नाई नभन्नू ल २’ को तेस्रो सिक्वेल सुरु भएको छ । फिल्मको पहिलो दिनको सुटिङ सुन्धारास्थित भदकाली मन्दिरबाट बुधबारदेखि शुभारम्भ गरिएको थियो, जहाँ अभिनेता संयम पुरीले पहिलो मुहुर्त सर्ट दिएका थिए ।

संयमले पहिलो दिनको सर्ट दिएपनि उक्त फिल्ममा ‘नाई न भन्नू ल २’ कै अभिनेता अनुभव रेग्मी प्रमुख भूमिकामा रहेका छन् । संयम र अनुभवबाहेक फिल्ममा आश्मा डिसी, प्रियंका कार्की, सुरज सिंह ठकुरी, सञ्चिता लुइँटेल र आर्यन सिग्देलको पनि अभिनय रहनेछ ।

Nai-Nabhannu-la-3फिल्मका दुईवटा अघिल्लो संस्करणमा मुख्य सहायक निर्देशकको जिम्मेवारी सम्हालेका मुस्कान ढकालले तेस्रो संस्करणको फिल्ममा निर्देशकका रुपमा आफ्नो क्षमता देखाउँदैछन् ।यसअघिका दुई फिल्मको निर्देशन विकास आचार्यले गरेका थिए । मुस्कानले पनि फिल्म निर्देशनमा डेब्यू गर्न पाएको यो अबसरलाई करिअरकै सवै भन्दा ठूलो उपलब्धी भनेका छन् ।

SUBSCRIBE 👉