चेलिबेटी बेचबिखनको कथा “लाटी”


laatiग्ल्यामर नेपाल, काठमाडौँ,
नेपाली चलचित्र क्षेत्रका अहिले सम्मकै कान्छा निर्माता शिशिर जय खरेलले त्रिलोचन सैजुसँग मिलेर निर्माण गरेको चलचित्र ‘लाटी’ पोष्ट प्रोडक्सनमा रहेको छ। श्रृजना फिल्म प्रालीको पहिलो प्रस्तुतिमा निर्मित ‘लाटी’ले चेलिबेटी बेचबिखन तथा सामाजिक बिषयका कथा खोतल्ने प्रयास गरेको छ।

राजबहादुर सानेको निर्देशन रहेको ‘लाटी’मा सबिना कार्की, रिभल मल्ल, जिके शर्मा, सुजल नेपाल, सुवास गजुरेल, नेत्र बिस्ट लगायतको अभिनय देख्न सकिन्छ। पुरुषोत्तम रिमाल र प्रकाश खत्री समेतको निर्माण रहेको यो चलचित्रमा चितवन र नवलपरासी आसपासका स्थानमा छायांकन गरिएको छ। चलचित्रका गीतमा प्रबिसा अधिकारी, प्रेम परियार, शिशिर योगी र प्रबेश योगीका स्वर रहेको छ।

SUBSCRIBE 👉