महंगो चलचित्र ‘शुद्धी’मा ऋतिकको डबल रोल


rhitik-roshan
पछिल्लो समय बलिउड अभिनेताहरु डबल रोलमा निकै देखिन थालेका छन्। डबल रोल निर्वाह गरेको चलचित्रले दर्शकलाई डवल मज्जा दिने निर्माताहरुको अनुमान छ। यही क्रममा अभिनेता ऋतिक रोशनलाई पनि दोहोरो भूमिकामा देख्न पाइने भएको छ। निर्देशक करण मल्होत्राको चलचित्र ‘शुद्धी’मा उनी डवल रोलमा देखिन लागेका हुन्। ‘शुद्धी’ बलिउडको सबैभन्दा महंगो चलचित्र हुने बताइएको छ। चलचित्रको छायांकन केही समय पछि थालिने निर्माण पक्षले जनाएको छ। तर चलचित्रको बिषयमा दर्शकको क्रेज दिनप्रतिदिन बढ्दो छ।

चलचित्रमा ऋतिकको एक रोल ६०को दशकको रहने छ भने अर्का अहिलेको दुनियाँको रहने बताइको छ। ऋतिकको आन्तरिक कामले गर्दा छायांकनमा ढिलाई भइरहेको छ। चलचित्रमा खलनायकको भुमिकामा पंकज कपुर देखिने भएका छन्। चलचित्रमा करण जोहरको लगानी रहनेछ।

SUBSCRIBE 👉