सोल्टिनी शिल्पालाई फकाउँदै किरण


Shilpa-Pokhrel-Kiran-Lakoul-1ग्ल्यामर नेपाल, काठमाडौं । नायिका तथा मोडल शिल्पा पोखरेल र नायक तथा मोडल किरण लाकौल हालै ललितपुरको गोदावरीमा निकै रोमान्टिक मुडमा भेटिए । शिल्पालाई ‘सोल्टिनी’ भन्दै आफ्नो प्रेममा पार्न किरणले फकाईरहेका थिए । उनीहरुको यो रोमान्टिक दृश्य भने वास्तविक थिएन ।

अष्ट्रेलियमा बस्दै आएका युवा राजकुमार गोस्वामीको स्वरमा रहेको ‘सोल्टिनी सोल्टिनी’ बोलको गीतको म्युजिक भिडियोमा उनीहरु रोमान्टिक देखिएका हुन् । भिडियोको निर्देशन अर्जुन अधिकारीले गरेका हुन् । निर्देशक अधिकारीका अनुसार लोक पप फ्लेबरको गीतमा केटाले केटीलाई आफुप्रति आकर्षित गराउन गरेको प्रयासलाई देख्न सकिनेछ ।

Shilpa-Pokhrel-Kiran-Lakoul-2छायांकन पछि हाल निशान घिमिरेले सम्पादन गरिरहेको भिडियो आगामी लक्ष्मीपुजाको दिन सार्वजनिक गरिने निर्देशक अधिकारीले बताए । भिडियोका छाँयाकार शिवराम श्रेष्ठ हुन् ।

SUBSCRIBE 👉