‘आगो २ को सेन्सरमा राजनीतिक पूर्वाग्रह’


Kisan-Pokharel-madan-ghimireग्ल्यामर नेपाल, काठमाडौं । फिल्म सेन्सर बोर्डको झमेलामा परेको फिल्म ‘आगो २’को निर्माण पक्षले राजनीतिक पूर्वाग्रहका कारण फिल्मको सेन्सर नभएको आरोप लगाएको छ । फिल्म युनिटले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै सेन्सर बोर्डका सदस्यको चलखेलको शिकार फिल्म बनेको आरोप लगाएका हुन् ।

फिल्मका प्रस्तुतकर्ता किसान पोखरेलले आफुहरुले दशैं अघि नै फिल्मको सेन्सरको प्रक्रिया गरे पनि सेन्सर गर्नेहरुले नै फिल्मका बारेमा विविध प्रश्न उठाएर सेन्सर प्रक्रिया रोकिदिएको दाबी गरे । ‘फिल्मको सेन्सरमा राजनीतिक चलखेल पनि भयो, केही फिल्मकर्मीले फिल्मको सेन्सर रोक्न दबाब दिए,’पोखरेलले चेतावनी शैलीमा भने,‘यदी सेन्सरमा बाधा पु¥याएमा क्षतिपूर्ति र फिल्म प्रदर्शनको लागि अदालतको ढोका घचघच्याउन बाँध्य हुनेछौं ।’

फिल्मका उपत्यका वितरक गोपाल कायस्थले सेन्सर बोर्डका सदस्य सुरेशदर्पण पोखरेलले फिल्मको प्रदर्शनले दर्शकमा नराम्रो छाप छोड्ने भन्दै बोर्ड अध्यक्षसँग सेन्सर नगर्न अनुरोध गरेको जानकारी आफुले पाएको बताए । ‘सुरेश दर्पण पोखरेलले आगो २ रिलिज गर्दा जनतामा विद्रोहको भावना जगाउने भएकाले त्यसले आम दर्शकमा नकारात्मक असर पार्ने भन्दै बोर्डका अध्यक्षसँग कुरा गरेको जानकारी मैले पाएँ,’कायस्थले भने,‘यसमा अन्य जेकारण भए पनि मुख्य कारण राजनीतिक प्रतिशोध नै हो भन्ने मलाई लागेको छ ।’

निर्देशक मदन घिमिरेले आफ्नो फिल्मले राजनीतिक विषय भन्दा पनि बढी सामाजिक विषयलाई उठान गरेको दाबी गरे । फिल्मले भ्रष्टाचारका विरुद्ध चर्को आवाज उठाएकाले यसले कुनै पक्षलाई पनि असर पार्ने सम्भावना नरहेको उनले बताए । अभिनेता सुशिल क्षेत्रीले आफ्नो पहिलो फिल्म ‘आगो’ले जनयुद्धको कथा बोक्दा सेन्सरबाट झमेला बोक्नु परेको बताउँदै ‘आगो २’मा पनि यस्तै झमेल व्यहोर्नु पर्दा दुःख लागेको बताए । निर्माण पक्षले फिल्म मंसीर १२ मा रिलिज हुने जनाएको छ ।

SUBSCRIBE 👉