कामना अवार्डमा पाँच फिल्मको कडा प्रतिष्पर्धा


Kamana-Film-Awardग्ल्यामर नेपाल, काठमाडौं । चर्चित सिने पत्रिका कामनाले सिजी इन्टरटेनमेन्टसँग सहकार्य गरेर पहिलोपटक आयोजना गर्न लागेको ‘सिजी कामना फिल्म अवार्ड्स २०७१’ को २६ प्रतिस्पर्धात्मक विधाको उत्कृष्ठ ५ को मनोनयन सार्वजनिक भएको छ ।

२०७० साल वैशाख १ देखि चैत्र मसान्तसम्म सार्वजनिक प्रदर्शनमा आएका नेपाली फिल्महरुलाई सामेल गरी यसै वर्षबाट आरम्भ गर्न लागेको अवार्डमा ‘होस्टेल’, ‘महशुस’, ‘मोक्ष’, ‘नाई नभन्नु ल २’ र ‘मौन’ प्रमुख प्रतिष्पर्धी बनेका छन् । ‘होस्टेल’ र ‘मोक्ष’ सर्वाधिक १८–१८ विधाको मनोनयनमा परेका छन् भने ‘महशुस’ र ‘नाई नभन्नु ल २’ १७–१७ विधा तथा ‘मौन’ १४ विधाको मनोनयनमा परेका छन् ।

आयोजकका अनुसार प्रतिस्पर्धामा रहेका २६ विधामध्ये दर्शकको चासो रहेका लोकप्रिय १८ विधामा एसएमएसमार्पmत भोट गर्न सक्नेछन् । दर्शकले फिल्म, निर्देशक, अभिनेता, अभिनेत्री, खलपात्र, हास्य कलाकार, सह अभिनेता, सह अभिनेत्री, संगीतकार, गीतकार, पाश्र्व गायक, पाश्र्व गायिका, नव निर्देशक, नव अभिनेता, नव अभिनेत्री, बाल कलाकार, नृत्य निर्देशक र द्वन्द्व निर्देशक विधामा शुक्रबारदेखि कार्तिक २५ गतेसम्म एसएमएस गर्न सक्नेछन् ।

यीबाहेकका विधामा भने निर्णायक मण्डलले दिएको अंकका आधारमा विजेता चयन हुने कामनाका प्रधान सम्पादक तथा ‘सिजी कामना फिल्म अवार्डस् २०७१’ का निर्देशक पुष्करलाल श्रेष्ठले बताए । अवार्डलाई प्रतिष्पर्धाका आधारमा मुख्य अवार्ड, प्राविधिक अवार्ड र अप्रतिष्पर्धी रुपमा सम्मान, क्रिटिक्स एवम् जुरी अवार्ड गरी ५ भागमा विभाजन गरिएको छ । कुल ३१ विधामा प्रदान गरिने अवार्ड मा आजीवन फिल्म क्षेत्रमा बिताउने कलासाधकलाई १ लाख रु पैयाँ नगदसहित ‘कीर्तिमय दीर्घ योगदान सम्मान’ (लाइफ टाइम एचिभमेन्ट अवार्ड) बाट सम्मानित गरिने कामनाका सप्पादक तथा अवार्ड आयोजक समितिका सदस्य विदुर गिरीले जानकारी गराए ।

SUBSCRIBE 👉