अन्तिम चरणमा सत्यदिप


satyadip-movie-photo-1ग्ल्यामर नेपाल, काठमाडौं । गीत संगीतकै माध्यमबाट समाजमा सकारात्मक सन्देश दिन सकिन्छ भन्ने विषयवस्तुमा निर्मित फिल्म ‘सत्यदिप’ छायांकनको अन्तिम चरणमा पुगेको छ ।

पुष्कर घिमिरेको डेब्यु निर्देशन रहेको फिल्म शुक्रबार नगरकोट आसपासका स्थानमा छायांकन गरिएको छ । दशै अगाडि नै अधिकांश छायांकन सकिएको फिल्मको हाल दुई वटा मात्र गीतको छायांकन गरिएको निर्देशक घिमिरेले बताए ।

अर्जुन पोखरेलको संगीत रहेको फिल्ममा सुगम पोखरेल, स्वरुपराज आचार्य, अञ्जु पन्त, सुमन तामाङ लगायतको स्वर रहेको छ । बि.आर फिल्मस् प्रालिको ब्यानरमा निर्मित फिल्मका निर्माता विनयराम श्रेष्ठ हुन् । फिल्ममा रवि गिरी, उमा बेबी, दिव्येश्वर गौतम, सविना केसी, श्याम केसीलगायतका कलाकारको अभिनय रहेको छ भने कमल राईको नृत्य र अष्ट महर्जनको द्वन्द्व रहेको छ ।

SUBSCRIBE 👉