चरित्र अभिनेत्री विधालाई पति शोक


bidhya-karkiग्ल्यामर नेपाल, काठमाडौं । चर्चित चरित्र अभिनेत्री विधा कार्कीलाई पति शोक परेको छ। चार दर्जन भन्दा बढी चलचित्रमा चरित्र अभिनेत्रीको रुपमा काम गरेकी कार्कीका पति शंकरराम कार्कीको निधन भएको छ।

कार्कीको ५७ वर्षको उमेरमा आईतबार दिउँसो शिक्ष्ँण अस्पतालमा निधन भएको हो। उनी एक दशकदेखि मुटु सम्बन्धि समस्याले पीडित थिए। उनको आजै पशुपति स्थित आर्यघाटमा दाहस“स्कार गरिएको छ। हाहसंस्कारमा विभिन्न चलचित्रकर्मीहरुको उपस्थिति थियो। कार्कीका श्रीमती विधा कार्की, छोरा सँजोग र छोरी साधना छन्।

चरित्र अभिनेत्री विधा कार्की पछिल्लो समय चलचित्र ‘माला’को छायाँकनमा ब्यस्त थिईन्। उनले दर्जनौं टेलिफिल्म तथा लोकगीतका भिडियोमा पनि काम गरेकी छिन्।

SUBSCRIBE 👉