केकीले माया बाँडदा प्रमोदलाई पिडा(भिडियो)


Pramod-Kharelग्ल्यामर नेपाल, काठमाडौं ।
माया जसलाई गरिन्छ, उसलाई मात्र माया बाँडिन्छ । तर एउटालाई माया गरेर अन्यलाई माया बाँड्दा परिणाम नराम्रो नै हुन्छ । यस्तै भएको छ गायक प्रमोद खरेललाई । आफ्नो फ्यान केकी अधिकारीको मायामा परेका प्रमोद उनै केकीले आफुलाई झुक्याएर अन्यसँग पनि माया बाँड्न थालेको थाहा पाएपछि त्यसको पिडामा तड्पिईरहेका छन् ।

प्रमोदको तड्पाई वास्तविक भने होईन । श्रद्धा अधिकारीको शब्द र अर्जुन पोखरेलको संगीतमा तयार भएको गीत ‘धेरैलाई बाड्न नपुग्ला माया’बोलको गीतको भिडियोमा प्रमोदले केकीले दिएको पिडाको अनुभव लिएका छन् । ‘सौगात’ नामक एल्बममा समेटिएको गीतमा प्रमोदकै स्वर रहेको छ भने सहजले पनि मोडलिङ गरेका छन् । विदुर खतिवडाले निर्देशन गरेको भिडियोमा निशान घिमिरेको सम्पादन र हरि हुमागाईको छायांकन छ ।

pramod-kharel-music-video

SUBSCRIBE 👉