हङकङ नेफ्टा अवार्डमा धन्दाको वर्चस्व


Arpan-Thapa-Nefta-Award-HKग्ल्यामर नेपाल, काठमाडौं ।
नेपाल चलचित्र प्राविधिक संघले हङकङमा आयोजना गरेको सातौं नेफ्टा फिल्म अवार्डमा फिल्म धन्दाले सर्वाधिक ५ विधामा अवार्ड जितेको छ । ‘सर्वोत्कृष्ठ फिल्म’सहित फिल्मका लेखक तथा अभिनेता अर्पण थापाले ‘सर्वोत्कृष्ठ नायक’ र ‘उत्कृष्ठ लेखक’ विधाको अवार्ड चुम्दा फिल्मकै लागि निमा लामाले ‘सर्वोत्कृष्ठ श्रृंगार’ र निर्देशक सुदर्शन थापाले ‘सर्वोत्कृष्ठ निर्देशक’को अवार्ड पोल्टामा पारे । रिद्धिसिद्धी गहनाले शीर्ष प्रायोजन गरेको अवार्डको उद्घाटन सञ्चारमन्त्री मिनेन्द्र रिजाल, एनआरएन हङकङका पदाधिकारी तथा फिल्मकर्मीले संयुक्त रुपमा गरेका थिए ।

कार्यक्रमको फोटो ग्यालरी हेर्न क्लिक गर्नुहोस्

कार्यक्रममा फिल्म ‘सुनगाभा’का लागि सुवर्ण थापाले ‘सर्वोत्कृष्ट पटकथा’, ‘छ एकान छ’का लागि दीपकराज गिरीले ‘सर्वोत्कृष्ट संवाद’,‘वितेका पल’का लागि निलिमा शर्माले ‘सर्वोत्कृष्ट पहिरन’, ‘भिजा गर्ल’का लागि रिनाशा राईले ‘सर्वोत्कृष्ट नृत्य निर्देशक’, ‘वार’का लागि हिमाल केसीले ‘सर्वोत्कृष्ट द्वन्द्व निर्देशक’, ‘प्रोड्युसर’का लागि दीप तुलाधरले ‘सर्वोत्कृष्ट ध्वनि मिश्रण’, ‘कर्कश’ का लागि लोकेश बज्राचार्यले ‘सर्वोत्कृष्ट सम्पादक’ विधाको अवार्ड पाए ।

Karishma-Manandhar-Nefta-Award-HK-1यसैगरी ‘बधशाला’का लागि शैलेन्द्र डी कार्कीले ‘सर्वोत्कृष्ट छायांकन’, ‘नाइ नभन्नु ल २’का लागि डा. कृष्णहरि बरालले ‘सर्वोत्कृष्ट गीतकार’,‘रिदम’का लागि बसन्त सापकोटाले ‘सर्वोत्कृष्ट संगीतकार’, ‘रिदम’कै लागि स्वरुपराज आचार्यले ‘सर्वोत्कृष्ट गायक’, ‘छ एकान छ’का लागि एलिस कार्कीले ‘सर्वोत्कृष्ट पाश्र्व संगीत’, ‘मोक्ष’का लागि नव क्रान्ति व्याण्डले ‘सर्वोत्कृष्ट म्यूजिक एरेन्जर’, ‘नोटबुक’का लागि मिलन अमात्यले ‘सर्वोत्कृष्ट गायन (महिला)’, ‘प्रोड्युसर’का लागि विल्सन विक्रम राईले ‘सर्वोत्कृष्ट हाँस्य कलाकार’, ‘नाई नभन्नु ल २’का लागि अनुभव रेग्मीले ‘सर्वोत्कृष्ट बाल कलाकार’, ‘कोही त छ’का लागि झरना थापाले ‘सर्वोत्कृष्ट खलपात्र’, ‘साँघुरो’का लागि दयाहाङ राईले ‘सर्वोत्कृष्ट चरित्र अभिनेता’, यही फिल्मकै लागि अरुणा कार्कीले ‘सर्वोत्कृष्ट चरित्र अभिनेत्री’, ‘छ एकान छ’का लागि सन्दिप क्षेत्रीले ‘सर्वोत्कृष्ट सह–अभिनेता’, ‘नाइ नभन्नु ल २’का लागि प्रियंका कार्कीले ‘सर्वोत्कृष्ट सह–अभिनेत्री’ ‘मञ्जरी’बाट गौरव पहारीले ‘सर्वोत्कृष्ट नवअभिनेता’, ‘मधुमाश’का लागि पुजा शर्माले ‘सर्वोत्कृष्ट नवअभिनेत्री’ र ‘मौन’का लागि सुरज भुषालले ‘सर्वोत्कृष्ट नवनिर्देशक’ विधाको अवार्ड चुमे । फिल्म ‘वितेका पल’का लागि नायिका केकी अधिकारी ‘सर्वोत्कृष्ठ नायिका’ ठहरिईन् ।

Keki-Adhikari-Nefta-Award-HK-2समारोहमा स्वतन्त्रप्रताप शाहलाई ‘प्रोत्साहन पुरस्कार’ प्रदान गरियो भने नम्रता श्रेष्ठ ‘पपुलर अभिनेत्री’, जीवन लुँइटेल ‘पपुलर अभिनेता’ र फिल्म छ एकान छ ‘पपुलर फिल्म’ बन्यो । विभिन्न कलाकारले नृत्य तथा गायन प्रस्तुत गरिएको कार्यक्रममा संगीतकार शम्भुजित बास्कोटालाई ‘महान संगीतकार’ र नायिका करिश्मा मानन्धरलाई ‘सदाबहार नायिका’को रुपमा प्राविधिक संघले सम्मान गरेको थियो ।

कार्यक्रमको फोटो ग्यालरी हेर्न क्लिक गर्नुहोस्

SUBSCRIBE 👉