झिलझिलेमा गुञ्जियो क्या दामी भो


Shiva-Pariyarअनिल यादव, झापा झापाको झिलझिलेमा निर्माणाधिन अवस्थामा रहेको किराँत सामुदायिक भवनलाई सहयोग पु¥याउने उद्धेश्यले किरात राई योयाक्खाले वृहत सांगीतिक कार्यक्रम आयोजना ग¥यो । कार्यक्रममा चर्चित हाँस्य कलाकार जितु नेपाल ‘मुन्द्रे’ले तिहारमा देउसी खेल्ने शैली र आजभोली यूवतीहरुले लगाउने छोटो पहिरनदेखि लिएर नेपाली फिल्म र गीत संगीतमा देखिएका विकृतिहरुप्रति तिखो व्यंग्य गर्दै दर्शकलाई हँसाएका थिए ।

‘मुन्द्रे’ सँगै हँसाउनका लागि हाँस्य कलाकार आर.पी. भट्टराई पनि स्टेजमा देखि । आफ्नो शरीरलाई आफै ‘हात्ती’ जस्तो भनिरहँदा दर्शक हाँसिरहेका थिए । हाँस्यकलाकारको हँसाईबाट थाकेका दर्शकलाई कम्मर मर्काए नचाउन स्टेजमा शिव परियार उक्लँदा त्यहाँको माहौल झन तातियो ।

Jitu-Nepal‘सुन्छु तिमीले मलाई’ बाट गीत गाउन शुरु गरेका शिवले ‘क्या दामी भो’ सम्म आइपुग्दा त चिसो माहोल पुरै तातिसकेको थियो । बसिरहेका दर्शक पनि नाच्न थालिसकेका थिए । खाली रहेको स्टेज अगाडीको भागमै आएर नाच्न शिवले आफ्ना फ्यानहरुलाई आग्रह गरेपछि दर्शक नकार्न सकेनन् । शिवले आधादर्जन गीत गाउँदा उनीहरुले उफ्रीउफ्री नाचे ।

त्यसो त कार्यक्रममा आफ्नो प्रस्तुती दिन आएकी गायिका मेलिना राईले पनि दर्शकलाई हात हल्लाई हल्लाई नचाइन् । उनले आफ्नो नँया एल्बम ‘बहार’ बाट पनि गीत गाएकी थिइन् । कार्यक्रममा झापाली गायक बादल लिम्बु, खोटाङे गायक रेवत राई, धराने आउटसाइडर ब्याण्ड र दार्जिलिङको फ्रोजन व्याण्डले सांगीतिक प्रस्तुति दिएका थिए । स्थानीय दिनेश गजमेर, सुरेन तामाङ र सुरेन शिवाकोटीको प्रस्तुति पनि कम थिएन । कार्यक्रममा दमक डान्स सेन्टरका कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए ।

SUBSCRIBE 👉