गरिमालाई किन आमा बन्न मन लागेन(भिडियो)


Garima-Pantaग्ल्यामर नेपाल, काठमाडौं ।
१२ वर्षपछि फिल्म निर्देशनमा पुनरागमन गरेका निर्देशक शम्भु प्रधानको पछिल्लो फिल्म ‘रंग बैजनी’को नयाँ प्रोमो सार्वजनिक भएको छ । प्रोमोको एक दृश्यमा अभिनेत्री सुमिना घिमिरेले अर्की अभिनेत्री गरिमा पन्तलाई ‘तिमीलाई कहिल्यै पनि आमा बन्न मन लागेन ?’ भनेर प्रश्न सोधेकी छन् । जुन प्रश्नको उत्तर के हुनसक्छ, त्यो थाहा पाउन दर्शकले फिल्म नै हेर्नुपर्ने हुन्छ ।

फिल्ममार्फत मोडल दिक्पाल कार्कीले नायकको रुपमा डेब्यु गर्दैछन् । नूतन, इश्वरी र सिया निर्माता रहेको फिल्म आगामी मंसीर १९ गतेबाट अल नेपाल रिलिज हुँदैछ । फिल्ममा दीप प्रधानको संगीत, बसन्त श्रेष्ठको कोरियोग्राफी, मित्र गुरुङको सम्पादन र सशांक प्रधानको सिनेमाटोग्राफी रहेको छ ।

SUBSCRIBE 👉