इन्फामा ‘नाइ नभन्नु ल २’ लाई सात अवार्ड


Priyanka-Karki-Suraj-singh-Thakuri

Photo Courtesy: Bikram Gurung / ZAP Studio, Hong Kong

ग्ल्यामर नेपाल, काठमाडौं ।
इन्टरनेशल नेपाली फिल्म एकाडेमीले हङकङमा पहिलोपटक आयोजना गरेको ‘इन्फा अवार्ड’ मा फिल्म ‘नाइँ नभन्नु ल २’ ले उत्कृष्ठ फिल्मसहित सर्वाधिक सात विधामा अवार्ड जितेको छ । आइतबार राती यन लङ थियटर हलमा आयोजित कार्यक्रममा फिल्मका लागि विकास आचार्यले ‘उत्कृष्ठ निर्देशक’, सुरजसिंह ठकुरीले ‘सहअभिनेता’, प्रियंका कार्कीले ‘सहअभिनेत्री’, बसन्त सापकोटाले ‘संगीतकार’, डा. कृष्णहरि बरालले ‘गीतकार’ र प्रेम परियारले ‘गायन’ विधाको अवार्ड चुमेका हुन्।

कार्यक्रममा अभिनेता आर्यन सिग्देल फिल्म ‘महशुस’बाट ‘उत्कृष्ठ अभिनेता’, अभिनेत्री नम्रता श्रेष्ठ फिल्म ‘मौन’बाट ‘उत्कृष्ठ अभिनेत्री’, यसै फिल्मबाट नविन गौली र सुरज भुषाल ‘उत्कृष्ठ कथा’, सुरज सुब्बा नाल्बो फिल्म ‘बितेका पल’बाट ‘उत्कृष्ठ पटकथा’, नायिका झरना थापा ‘कोही त छ’बाट ‘खलअभिनय’, सीताराम कट्टेल फिल्म ‘छ एकान छ’ बाट ‘हाँस्य अभिनय’, गायिका मिलन अमात्य ‘काली’बाट ‘उत्कृष्ठ गायिका’, यसै फिल्मबाट कविराज गहतराजले ‘उत्कृष्ठ नृत्य’, अनमोल केसीले ‘होस्टेल’बाट ‘नवअभिनेता’को विधामा अब्बल ठहरिए।

कार्यक्रमको फोटो ग्यालरी हेर्न यहाँ क्लिक गर्नुहोस्

यसैगरी सुजाता कोइराला ‘मञ्जरी’बाट ‘नवअभिनेत्री’, पुरुषोत्तम प्रधान ‘ढुवानी’बाट ‘छायांकन’, अनन्जय खड्का फिल्म ‘साँघुरो’बाट ‘सम्पादन’, राजेन्द्र खड्गी ‘नथिङ इम्पोसिबल’बाट ‘द्वन्द्व निर्देशन’, मलिना जोशी ‘ऋतु’बाट ‘फ्रेस फेस’ घोषित भए। कार्यक्रममा दयाहाङ राई ‘मष्ट पपुलर एक्टर’को विजेता बन्दा प्रियंका कार्कीले पनि ‘ मस्ट पपुलर एक्ट्रेस’ विधाको अवार्ड चुमिन्।

नेपालका उपप्रधानमन्त्री एवं स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले उद्घाटन गरेको कार्यक्रममा नेपाली फिल्म क्षेत्रमा विशेष योगदान पु¥याएवापत निर्माता उद्धव पौडेललाई पाँच लाख रुपैयाँसहित ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको थियो । यसै गरि शिव श्रेष्ठ ‘सर्वश्रेष्ठ नायक’, भुवन केसी ‘अभिनय तारा’, विजय लामा ‘सुपर हिरो’, गौरी मल्ल ‘कला प्रतिमूर्ति’ र अविनाश गुरुङ ‘स्पेसल रिकग्सिन अवार्ड’बाट सम्मानित भए । कार्यक्रममा सगरमाथा आरोहण गरेका निशा अधिकारी र अर्जुन कार्कीलाई विशेष सम्मान दिइएको थियो।

SUBSCRIBE 👉