सञ्जय दत्तको श्रीमति बन्दै क्याट्रिना


Katrina-Kaifप्रकाश झाको फिल्म ‘राजनीति’मा राजनीतिक नेताको भूमिका निभाएकी क्याट्रिना कैफ अब चाँडै नै बलिउडका प्रख्यात अभिनेता सञ्जय दत्तकी श्रीमति बन्ने भएकी छन् । तर उनी सञ्जयको वास्तविक श्रीमति भने बन्ने छैनन् । सञ्जयको जीवनकथामा बन्न लागेको फिल्ममा उनले सञ्जयकी श्रीमति मान्यताको भूमिका निभाउने छिन् ।

फिल्मको निर्देशन राजकुमारी हिरानीले गर्दैछन् । समाचार अनुसार फिल्ममा रणवीर कपुरले सञ्जय दत्तको भूमिका निभाउँदैछन् । यो जोडी यसअघि ‘राजनीति’मा सँगै देखिएका थिए । रणवीर हाल अनुराग बसुको फिल्म ‘जग्गा जासुस’को सुटिङमा व्यस्त छन् । जुन फिल्ममा उनको अपोजिटमा क्याट्रिना नै छिन् । रणवीर इम्तियाज अलीको फिल्म ‘तमासा’मा पनि सँगै काम गरिरहेका छन्, जुन फिल्ममा उनको पूर्व प्रेमिका दीपिका पादुकोण अपोजिटमा छिन् ।

SUBSCRIBE 👉