नेपाली तारा उपाधि जित्न ४० प्रतियोगिती मैदानमा


Nepali-Taraग्ल्यामर नेपाल, काठमाडौं ।
एनसेलसँगको सहकार्यमा निलबाराही फिल्मस्ले आयोजना गरेको ‘कोका–कोला नेपाली तारा ३’ को फाइनल चरणका लागि ४० जना छनौंट भएका छन् । नेपालकै ठूलो गायन रियालिटी शोको रुपमा रहेको यो प्रतियोगिताको दोस्रो चरणको पियानो राउण्डबाट ४० जना प्रतियोगीहरु फाइनलका लागि छनौंट भएका हुन् । आयोजकका अनुसार दोस्रो चरणमा २ सय ३४ प्रतियोगिहरु सहभागी थिए ।

वरिष्ठ संगीत निर्देशक प्रकाश गुरुङ, वरिष्ठ संगीतकार सुरेश अधिकारी र गायक रामकृष्ण ढकाल निर्णायक रहेको प्रतियोगिताको पियानो राउण्डमा समाजसेवी, ट्राफिक प्रहरी र बौद्ध भिक्षु पनि सहभागी थिए ।

धरानबाट शुरु भएको प्रतियोगिताको अडिसनबाट छानिएर उपाधि चुम्ने व्यक्तिले एउटा मोटरसाइकलसहित २ लाख ५० हजार नगद पुरस्कार र कोका–कोला नेपाली ताराको रुपमा ३ वटा गीत गाउने अवसर पाउनेछन् । टप टेनमा पुगेका प्रत्येक प्रतियोगिले ११ हजार नगद पुरस्कारसहित विशेष टप १० एल्वममा एउटा गीत गाउने अवसर पाउनेछन् । कोका–कोला नेपाली ताराको विजेताले डिजिटल कि प्रोडक्सनले प्रायोजनमा अस्ट्रेलिया ट्रिपमा जाने अवसर पाउनेछन् जबकि २ सर्वोत्कृष्ट विजेताहरुले थर्ड आइ युकेको प्रायोजनमा लन्डन ट्रिपमा जाने अवसर पाउनेछन् । अन्तिम ३ मा पर्न सफल हुने प्रतियोगीहरुले जियोनि मोवाइलबाट विश्वको सबैभन्दा पातलो मोवाइल फोन प्राप्त गर्नेछन् ।

SUBSCRIBE 👉