डेंगुले भेटेपछि फिल्म प्रमोशनमा अवरोध


Lisa-Haydonबलिउड अभिनेत्री लिजा हेडोनलाई डेंगु रोग लागेपछि उनी आफ्नो फिल्म ‘द शौकिन्स’ को प्रोमोसन अभियानबाट बञ्चित भएकी छन् । फिल्मका अभिनेता अक्षय कुमारले लिजालाई डेंगु रोगले भेटेको कुराको पुष्टि गरेका हुन् ।

‘लिजा अहिले अस्वस्थ्य छिन्, उनी फिल्मको प्रोमोसन अभियानमा सरिक हुनुपथ्र्यो, हामी उनको अनुपस्थिति प्रति दुःखी छौं, किनकी उनलाई डेंगुले छोएको छ ।’ अक्षयले भनेका छन् । अक्षयले कमेडी फ्लेबरको फिल्मकी नायिकाको स्वास्थ्य अवस्था सुध्रदै गएको बताएका छन् ।

फिल्मका अर्का अभिनेता अनुपम खेरका अनुसार नायिकाको आमा पनि मुम्बईबाट छोरीको उपचारका लागि दिल्ली आईपुगेकी छन् । तिंगमान्सु धुलियाको लेखन र अभिषेक शर्माले निर्देशन गरेको फिल्म आगामी नोभेम्बर ७ मा रिलिज हुँदैछ।

SUBSCRIBE 👉