गौरीको सुरक्षामा बुलेटप्रुफ कार


Gauri-Khanफिल्म ‘ह्याप्पी न्यू ईयर’को सफलताको खुशियाली मनाइरहँदा बलिउड बादशाह शाहरुख खान आफ्नो परिवारको सुरक्षा प्रति चिन्तित हुन थालेका छन् । शाहरुखले पत्नी गौरीको सुरक्षाका लागि जन्मदिनको उपहार स्वरुप एक बुलेटप्रुफ कारको अर्डर गरेका छन् ।

शाहरुखले आफ्ना साथी करिम मोरानीको घरमा भएको गोलीकाण्डको घटनापछि आफ्ना लागि बुलेटफ्रुफ कार खरिद गरिसकेका छन् । शाहरुखका अनुसार गौरी र उनका सन्तान बाहिर जाँदा उनीहरुलाई तालिमप्राप्त सुरक्षाकर्मीले सुरक्षा दिनेछ। समाचार अनुसार शाहरुख पहिलोपटक आफ्नो परिवारको सुरक्षा प्रति चिन्तित भएका हुन् ।

SUBSCRIBE 👉